शिक्षकहरू ११ दिनदेखि काठमाडौंका सडकमा

 ग्लोबल टिभि           0

चैत ३१ – चैत २० गतेदेखि काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका शिक्षक महासंघले आज पनि प्रदर्शन गरेको छ ।

माइतीघरदेखि बानेश्वरसम्म काठमाडौंका सडकमा उनीहरूले विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै प्रदर्शन गरेका हुन् । शिक्षक महासंघर वार्ता र सडक आन्दोलन सँगसँगै अगाडि बढाएको महासंघ सहअध्यक्ष नानुमाया पराजुलीको भनाइ छ ।

मन्त्रिपरिषद् र मन्त्रालयले गर्न सक्ने निर्णय गरेमा शिक्षक महासंघले आन्दोलनको मोडालिटी परिवर्तन गर्ने संकेत गरेको छ । सरकार र महासंघबीच बिहीबारदेखि लगातार संवाद भइरहेको छ । महासंघ सहअध्यक्ष नानुमाया पराजुली मन्त्रिपिरषद् र मन्त्रालयले शिक्षकका सेवा सुविधाका विषयमा निर्णय गरेमा आन्दोलनको मोडालिटी परिवर्तन गर्न सकिने बताउँछिन् ।

शनिबार शिक्षा मन्त्रालयको टोलीसँगको संवादपछि सहअध्यक्ष पराजुलीले मन्त्रिपरिषद् र मन्त्रालयले गर्न सक्ने निर्णय गरेमा शिक्षक महासंघले आन्दोलनको मोडालिटी परिवर्तन गर्ने बताएकी छिन् ।

सरकारसँग लगातार भइरहेको संवाद सकारात्मक भइरहेको तर निष्कर्षमा पुग्न नसकेको उनले बताइन् ।

शिक्षा मन्त्रालय र अर्थमन्त्रालयबीच छलफल सकिएपछि आज शिक्षक र सरकारबीच संवाद हुदैँछ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *