विद्यालय शिक्षा विधेयक : ७ घण्टादेखि सांसदहरू कुरेको कुर्‍यै

 ग्लोबल टिभि           0

असार १६ – शिक्षकहरूलाई असार १५ को डेटलाइन दिएर सडक संघर्ष रोकेपनि अन्तिम अवस्थामा विद्यालय शिक्षा विधेयकमा सहमति जुटाउन नसक्दा पेचिलो बन्दै गएको छ ।

आफूहरूले सरकारलाई दिएको अन्तिम डेटलाइन सम्झाउँदै शिक्षक महासंघका नेताहरू आइतबार बिहानै सिंहदरबार पुगेका थिए ।

समितिबाट विधेयक पारित गराएर सभामा पठाउने अन्तिम चरणमा पुगेको भए पनि केही विषयमा विवाद कायम हुँदा पेचिलो बनेको हो । हिजै समितिबाट पारित हुने भनेपनि केही विषयमा सहमति जुट्न नसक्दा समितिबाट विधेयक पास भएको छैन ।

विद्येयक पारित गराउन भन्दै शिक्षक महासंघका नेता कार्यकर्ताहरूले दबाब बढाएपछि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त सत्तारुढ दलका सभापति शेरबहादुर देउवालाई भेट्न पुगेका छन् ।

अहिले देउवा र शिक्षामन्त्रीबीच भेटवार्ता भइरहेको छ । समिति सभापति अम्मर बहादुर थापाका अनुसार मन्त्री पन्त फर्किएपछि बैठक बस्ने तयारी छ ।

समितिको बैठकका लागि बिहान साढे ८ बजेदेखि नै सांसदहरू सिंहदरबार पुगेका थिए । उनीहरू अहिले पनि कुरिरहेका छन् । यद्यपि विधेयकका केही प्रावधानमाथि शिक्षक महासंघका प्रतिनिधिसँग सहमति जुट्न नसक्दा बैठक अन्योल बनेको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *