२५ जना राखेर परीक्षा सञ्चालन गर्न पाइने

 ग्लोबल टिभि      आइतवार, असार २०, २०७८      0

काठमाडौँ : उपत्यका प्रशासनले विद्यालय र विश्वविद्यालय तहका परीक्षा सञ्चालन गर्न दिने निर्णय गरेको छ ।

काठमाडौँ, भक्तपुर र ललितपुरका तीन प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञा थप खुकुलो पार्दै परीक्षा सञ्चालन गर्न दिने निर्णय गरेको हो ।

तर एउटा परीक्षा हलमा २५ जनाभन्दा बढी राख्न नपाइने शर्त राखिएको छ । धेरै परपरीक्षार्थी भए दुई सिफ्टमा सञ्चालन गर्न भनिएको छ ।

परीक्षा सञ्चालन गर्ने क्रममा जनस्वास्थ्य मापदण्ड पालनामा पनि जोड दिइएको छ । मास्क, स्यानिटाइजरको अनिवार्य प्रयोगसँगै प्रत्येक सिफ्टको परीक्षा सकिएसँगै निःसंक्रमण गर्न भनिएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *