कक्षा १२ को परीक्षा आज बाट शुरु , संक्रमितका लागि छुट्टै ठाउँको व्यवस्था

 ग्लोबल टिभि      मङ्लबार, मंसिर ९, २०७७      0

काठमाण्डौँ । कोरोनाभाइरस संक्रमणको जोखिमका कारण गत वैशाखमा स्थगित भएको कक्षा १२ को परीक्षा आज बिहान ८ बजेबाट शुरु भएको छ। ४० प्रतिशत अंकभारका लागि साढे एक घन्टाको परीक्षा हुनेछ।

थप ४० प्रतिशत अंक कक्षा ११ र २० प्रतिशत अंक कक्षा १२ को आन्तरिक मूल्यांकनबाट जोडिने छ। राष्ट्रिय परीक्षा बोर्डले परीक्षामा देशभरका चार लाख ३२ हजार ५०० विद्यार्थी सहभागी भएको जनाएको छ।

बोर्डले कोरोना संक्रमित भएर परीक्षामा सामेल हुन नसक्नेलाई पछि सहभागी गराउने जनाएको छ। तर, संक्रमित भएर लक्षण नदेखिएका वा सहभागी हुनसक्नेका लागि परीक्षा दिन छुट्टै व्यवस्था गरिएको छ। परीक्षामा सहभागीका लागि स्वास्थ्यका सबै मापदण्ड पूरा गरेको पनि बोर्डले जनाएको छ।

परीक्षार्थीहरुले आफ्नै विद्यालयबाट र पायक पर्ने परीक्षा केन्द्रबाट परीक्षा दिन पाउने छन्। परीक्षार्थी, केन्द्राध्यक्ष र निरीक्षकहरुले अनिवार्य मास्क लगाउनु पर्नेछ। उनीहरुलाई ज्वरो नापेर मात्रै परीक्षा केन्द्रमा प्रवेश दिइने छ। परीक्षा १६ मंसीरसम्म चल्नेछ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *