सरकारले आज कक्षा १० को माध्यमिक शिक्षा एसईई(एसईई)को नतिजा प्रकाशन गर्ने तयारी गरेको छ । विद्यार्थीको प्राप्ताङ्कको अन्तिम रुजु भइसकेकाले शनिबारै साँझसम्ममा नतिजा सार्वजनिक गरिने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।
कोरोना महामारीका कारण एसईई परिक्षा विना नै विद्यालयले गरेको आन्तरिक मूल्याङ्कनलाई बोर्डले प्रमाणीकरण गरेर नतिजा सार्वजनिक गर्न लागेको हो ।
परीक्षा बोर्डले एसईई २०७७ को नतिजा बोर्डको वेबसाइट, एसएमएस र आईभीआरबाट हेर्न सकिने जनाएको छ ।
बोर्डले २०७७ सालको नियमित तथा ग्रेडवृद्धि परीक्षाको नतिजा इजी सर्भिस प्रालिबाट ३४९४९ मा एसएमएस पठाएर, आकाश टेक प्रालिबाट ३१००१ र जानकी टेक्नोलोजी प्रालिमार्फत् ३५००१ मा एसएमएस गरेर हेर्न सकिने परीक्षा नियन्त्रण कार्यालयले जानकारी दिएको छ। यस्तै नेपाल टेलिकम र एनसेलमा १६०० मा एसएमएस गरेर थाहा पाउन सक्ने व्यवस्था गरेको छ ।
Leave a Reply