जोखिम कायमै रहेकाले विद्यालय खोल्न हतारो नगर्न अभिभावक महासङ्घको आग्रह

 ग्लोवल टि.भी.      बुधबार, भदौ २३, २०७८      0

राष्ट्रिय अभिभावक महासङ्घले जोखिम कायमै रहेकाले विद्यालय खोल्न हतारो नगर्न आग्रह गरेको छ ।

महासङ्घका अध्यक्ष सुप्रभात भण्डारीले शहरी क्षेत्रमा जोखिम कायम रहेको, महत्वपूर्ण चाडपर्व आउन लागेको, सबैले खोप नलगाएको र बालबालिका प्रभावित हुने गरी तेस्रो लहर आउन सक्ने भएकाले तत्काल विद्यालय खोल्न नहुनेमा जोड दिए ।

भौतिकरूपमा विद्यालय बन्द हुँदा पनि प्रविधिको सहयोगमा वैकल्पिक माध्यमबाट सिकाइलाई निरन्तरता दिँदै आएको र केही समय यसैगरी पठनपाठन गर्न सकिने उनको भनाइ छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *