आजदेखि बूढानीलकण्ठ नगरपालिकाका विद्यालय भौतिक रूपमा सञ्चालन

 ग्लोबल टिभि      आइतवार, भदौ २७, २०७८      0

बूढानीलकण्ठ नगरपालिकाका विद्यालय आजदेखि भौतिकरूपमा खुलेका छन् ।

रोल नगरपालिकाको शिक्षा तथा खेलकुद महाशाखाको निर्णयानुसार नगरपालिकाका विद्यालय भौतिक रूपमा नै सञ्चालन भएका हुन् ।सङ्क्रमणका कारण लामो समयदेखि बन्द रहेका विद्यालयलाई भौतिक दूरीलगायतका सम्पूर्ण स्वास्थ्य मापदण्ड र सुरक्षा विधि अपनाउँदै कक्षा सञ्चालन गर्न नगरपालिकाले अनुरोध गरेको हो ।

विद्यालयमा कुनै विद्यार्थी, शिक्षक तथा कर्मचारीमा कोभिडको लक्षण देखिएमा नगरपालिकाले एन्टिजेन परीक्षणका लागि आवश्यक कीटसमेत निःशुल्क उपलब्ध गराउने जानकारी दिएको छ । सरकारले तोकेको मापदण्डभित्र रहेर विद्यालय सञ्चालन भए÷नभएको वडाबाट अनुगमन गरिनेसमेत नगरपालिकाले जनाएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *