इन्टर्नसीप गर्न नपाएको भन्‍दै चीनमा एमबीबीएस गरेका विद्यार्थीको प्रदर्शन

 ग्लोबल टिभि      बिहिबार, भदौ ३१, २०७८      0

चीनमा एमबीबीएस अध्‍ययन गरेर आएका विद्यार्थीहरुले लामो समय भइसक्दा पनि इन्टर्नसीप गर्न नपाएको भन्‍दै माइतीघरमा प्रदर्शन गरेका छन् ।

चिकित्साशास्त्र कोर्ष पूरा भएपनि इन्टर्नसीपको लागि कुनै सुनुवाइ नभएपछि प्रदर्शन उत्रिनु परेको उनीहरुले गुनासो गरेका छन् ।

उनीहरुले प्लेकार्डमा ‘इन्टर्नसीपमा किन ढिला सुस्ती ?, अझै कति पर्खिने ?, १२ दिन भनी १–२ महिना कुरायौ अब कति कुराउँछौं ?, स्पष्टीकरण चाहियो, चिकित्सा शिक्षा आयोगको निर्णय कार्यान्वयन गर’ लगायतका नारासहित मंगलबारदेखि माइतीघरमा प्रदर्शन गर्दै आएका छन् ।

यसका साथै उनीहरुले नेपाल मेडिकल काउन्सिलको इन्टर्नसीप नियमको बुँदा नम्बर ३ समेत प्लेकार्डमा लेखेर ध्यानाकर्षण गराएका छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *