स्वास्थ्य मापदण्डको पूर्ण पालना गरी विद्यालय खोल्न जिल्ला प्रशासन कार्यलयको आग्रह
काठमाडौं उपत्यकामा आजदेखि विद्यालयहरू खोल्न सकिने भएको छ ।
निषेधाज्ञा जारी भएको करिब ५ महिनापछि कोरोना संक्रमणको अवस्था हेरेर स्वास्थ्य मापदण्डको पूर्ण पालना गरी विद्यालय खोल्न सक्ने उपत्यकाका जिल्ला प्रशासन कार्यलयहरुले अनुमति दिएका छन । तर विद्यालय खोल्ने÷नखोल्ने जिम्मा भने स्थानीय तहलाई नै दिइएको छ ।
कोरोनाको संक्रमण कम वा शुन्य रहेका वडाहरुमा सुरक्षित भएर असोज १ गतेपछि विद्यालय खोल्न सकिने छ । अन्य वडामा पनि कोरोनाको अवस्था हेरेर खुलाउन सकिने प्रशासनले अनुमति दिएको छ ।
उपत्यकाका कतिपय नगरपालीकाले आजैदेखि विद्यालय खोल्ने भएका छन भने दशैंको विदा नजिकिएको भन्दै कतिपय नगरपालिकाले अहिले नखोल्ने निर्णय पनि गरेका छन् । अभिभावक भने सहरी क्षेत्रमा बढी जोखिम भएकाले ती क्षेत्रका स्कुल खोल्न नहुने भनिरहेका छन् ।
तत्काल ’रेड जोन’मा परेको ठाउँका विद्यालय खोल्ने नपाइने निर्णय समेत भएको छ । ५ सयभन्दा थोरै विद्यार्थी भएका स्कुल खोल्ने मिल्ने सहमति भएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले पनि विद्यालय खोल्ने र बन्द गर्ने जिम्मा स्थानीय तहलाई दिएको छ। काठमाडौं जिल्ला प्रशासन कार्यालयले असोज १ गतेबाट विद्यालय सञ्चालन गर्न स्थानीय तहलार्ई अनुमति दिएसँगै विभिन्न टीकाटिप्पणी हुन थालेको छ। कतिपय अभिभावकले दशैं खर्च उठाउन प्रशासन लागि परेको आरोप लगाएका छन्।
Leave a Reply