दशैं अघि नै बक्यौता शुल्क असुल्न विद्यालय खोल्न हतारिएको अभिभावकहरुको आरोप
सरकारको स्पष्ट नीति नहुँदा उपत्यकाको विद्यालय क्षेत्र अन्योलमा परेको छ ।
सरकारले एकातिर जिल्ला प्रशासन कार्यालयहरु मार्पmत भौतिक उपस्थितिमा विद्यालय नखोल्ने आदेश जारी गराएको छ भने अर्कोतर्फ विद्यालय खोल्नै पर्ने भए स्थानीय तहसंगको अनुमति र समन्वय गर्नसक्ने भनेको छ ।
विद्यालय संचालकहरुले जिल्ला प्रशासन कार्यालयको आदेशलाई आ–आफ्नै सुविधा अनुसार ब्याख्या गरेका छन् । कतिपय विद्यालय आजदेखि संचालनमा आईसकेका छन् भने केहिले संचालनको तयारी गरिहेका छन् । तर अधिकांश विद्यालय अन्योलमा परेका छन् । अबको तीन सातामा दशैं तिहारको बिदा शुरु हुने भएकाले यो बीचको अवधिमा के गर्ने भन्ने अन्योल विद्यालय क्षेत्रमा देखिएको हो ।
काठमाडौं महानगरपालिकाले विद्यालय सञ्चालन गर्न दिने विषयमा औपचारिक निर्णय गरिसकेको छैन ।तर काठमाडौंकै अन्य नगरपालिकाहरुले भने विद्यालय संचालनको अनुमति दिईसकेका छन् । ललितपुर महानगरपालिकाले पनि आजदेखि विद्यालय खोल्न अनुमति दिएको छ ।
विद्यालय सञ्चालकहरुजसरी पनि विद्यालय खोल्ने पक्षमा छन् । दशैं अघि नै बक्यौता शुल्क असुल्नका लागि पनि संचालकहरु विद्यालय खोल्न हतारिएको अभिभावकहरुको आरोप छ । उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयहरुले यसअघि जारी गरिएको आदेश अनुसारकै निषेधाज्ञा असोज १ पछि पनि कायम रहने निर्णय गरेका छन् ।
Leave a Reply