जेठमा एसईइ परीक्षा गर्ने तयारी

 ग्लोवल टि.भी.      बुधबार, पुस १५, २०७७      0

यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी जेठमा सञ्चालन गर्ने राष्ट्रिय परीक्षा बोर्डले तयारी गरेको छ ।
२०७८ जेठमा परीक्षा सञ्चालन गर्न सकिने बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले बताए । ‘बिदा कटौती गरेर कक्षा सञ्चालन गर्ने र जेठसम्ममा परीक्षा लिइसक्नु पर्दछ,’ उनी भन्छन्, ‘त्यसो नगर्दा शैक्षिक सत्र खेर जान सक्छ ।’

नोवेल कोरोना भाइरस (कोभिड–१९) का कारण गत वर्ष एसईई सञ्चालन हुन सकेन । त्यो अवस्था दोहोरिन नदिन बेलैमा तयारी तीव्र बनाउनु पर्ने अध्यक्ष पौडेल बताउँछन् ।

रजिस्ट्रेसन फाराम खुल्यो

एसईई २०७७ मा सहभागी हुनका लागि बोर्डले आवेदन आह्वान गरेको छ । परीक्षामा सहभागी हुन चाहने विद्यार्थीले १६ पुसदेखि २१ माघसम्ममा फाराम भर्नुपर्ने पौडेलले जानकारी दिए ।

रजिस्ट्रेसन शुल्क प्रतिविद्यार्थी ३०० रुपैयाँ निर्धारण गरिएको छ ।

विगतमा साउनमै फाराम खुले पनि यसपटक कोभिड–१९ महामारीका कारण पुसमा सरेको हो ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *