शिक्षक सेवा आयोगले यही महिनाभित्र स्थायी शिक्षक पदपुर्तिका लागि विज्ञापन आह्वान गर्ने

 ग्लोवल टि.भी.      बुधबार, मंसिर २२, २०७८      0

काठमाडौं ,मङ्सिर २२गते ।
शिक्षक सेवा आयोगले यही महिनाभित्र स्थायी शिक्षक पदपुर्तिका लागि विज्ञापन आह्वान गर्ने भएको छ । मंसिर महिनामै विज्ञापन आह्वान गर्ने बार्षिक कार्यतालिकामा उल्लेख भएस्वरुप आयोगले यही महिनामा विज्ञापन खोल्न लागेको हो ।
यो महिना सकिन अब ८ दिनमात्रै बाँकी रहँदा आयोगले यो समयसिमाभित्र विज्ञापन खोल्ने वाचा गरेको छ । मंसिरको दोस्रो साता विज्ञापन गर्ने आयोगको तयारी रहेको बजारमा हल्ला चलेपनि उक्त हल्ला गलत रहेको भन्दै आयोगले सुसूचितसमेत गराएको छ । आयोगका सूचना अधिकारी सुदर्शन मरहठ्ठाले न्यूज भण्डार डटकमका प्रकाशक गोकर्ण प्रशाद जोशीसँग कुराकानी गर्दै त्यस्तो हल्ला गलत रहेको बताए । मरहठ्ठाले भने, ‘शिक्षक सेवा आयोगको कार्यतालिकामा मंसिर महिनाभित्र विज्ञापन गर्ने भनिएको छ, मंसिर महिनाभित्र आयोगले विज्ञापन गर्छ ।’
आयोगले बार्षिक कार्यतालिकामा यसबारे प्रष्ट पारिएको मरहठ्ठाले बताए । ‘आयोगले बार्षिक कार्यतालिकामा मंसिर महिनामा विज्ञापन आह्वान गर्ने भनेको हो, जसको अर्थ आयोगले १ गतेदेखि २९ गतेभित्र जुनसुकै बेला विज्ञापन खोल्न सक्छ’, मरहठ्ठाले न्यूज भण्डारसँग भने । कथमकदाचित २९ गतेसम्म विज्ञापन गर्न नसकेमा पुस १ गते आयोगले के कति कारणले विज्ञापन आह्वान गर्न सकेन त्यसको जवाफ दिने बताइएको छ ।
‘तोकिएको भाका नाघ्न दिदैँनौ भन्नेमा हामी विश्वस्त छौं र सोहीअनुसार उच्च तयारी गरिरहेका छौं’, मरहठ्ठाले भने । योसँगै यही महिनामा आयोगको विज्ञापन खुल्ने पक्कापक्की भएको छ ।
लामो समयदेखि खुल्ने तयारी भए पनि नियमावली संशोधन र अन्य प्राविधिक समस्या देखाउँदै विज्ञापन अलमलमा पारिएको थियो । प्राथमिक तहमा १३ हजार बढी, निमावि तहमा २ हजार बढी र मावि तहमा १ हजार ५ सय बढी शिक्षक दरबन्दी रिक्त छ। आयोगलाई शिक्षा तथा मानव स्रोत विकास केन्द्रले देशभरका सामुदायिक विद्यालयमा १७ हजार बढी शिक्षकको दरबन्दी रिक्त रहेको विवरण पठाइसकेको छ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *