माघ ११ गतेदेखि अनलाइन कक्षा सञ्चालन गर्न निर्देशन (त्रिभुवन विश्वविद्यालय)

 ग्लोबल टिभि           0

माघ ९
त्रिभुवन विश्वविद्यालयले सबै क्याम्पसलाई माघ ११ गतेदेखि अनलाइन कक्षा सञ्चालन गर्न निर्देशन दिएको छ ।

त्रिवि कार्यकारी परिषद्ले कोरोना संक्रमण बढेका कारण हरेक क्याम्पसले ११ गतेदेखि सबै सैद्धान्तिक कक्षाहरु अनलाइनमार्फत सञ्चालन गर्ने निर्णय गरेको हो । यसका लागि सबै क्याम्पस तथा विभागहरुले भोलिसम्ममा अनलाइन कक्षाको रुटिन बनाएर सम्बन्धित डिनको कार्यालयमा पठाउनुपर्नेछ ।

त्रिवि सूचना तथा जनसम्पर्क महाशाखाले सूचना जारी गर्दै अनलाइन कक्षा व्यवस्थित गर्नका लागि हरेक क्याम्पसका सहायक प्रमुखको संयोजकत्वमा बढीमा सात सदस्यीय अनलाइन कक्षा व्यवस्थापन समिति गठन गर्नुपर्ने उल्लेख गरेको छ । त्यस्तैगरी सबै विभागले विभागीय प्रमुखको संयोजकत्वमा पाँच सदस्यीय समिति अनलाईन कक्षा व्यवस्थापन समिति गठन गर्नुपर्नेछ

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *