अनशनरत नोबलका १० विद्यार्थीको समस्या समाधान गर्न सरकारलाई संसदीय समितिको निर्देशन

 ग्लोबल टिभि      सोमवार, फाल्गुन २३, २०७८      0

फागुन २३

संसदीय समितिले नोबेल मेडिकल कलेज, विराटनगरका अनसनरत १० विद्यार्थीलाई पढ्न सक्ने वातावरण बनाउन सरकारलाई निर्देशन दिएको छ ।

सोमबार सिंहदरवारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिको बैठकले एक हप्ताभित्र विद्यार्थीको समस्या समाधान गरेर उनीहरुलाई पढ्नसक्ने वातावरण बनाउन शिक्षा मन्त्रालय र चिकित्सा शिक्षा आयोगलाई निर्देशन दिइएको हो ।

समितिकी भापति जयपुरी घर्तीले कलेजले विद्यार्थीलाई पढाइ छोडेर अनसन बस्ने अवस्थामा पुर्याएको भन्दै तत्काल समस्या समाधान गर्न निर्देशन दिइन् । उनले नोबेलले विद्यार्थीका माग पूरा गर्न नमाने अर्को कलेजमा पढ्ने व्यवस्था मिलाउन पनि निर्देशन दिइन् ।

नोबेल मेडिकल कलेजको एमबिबिएस प्रथम वर्षका १० विद्यार्थी कलेजमा सुरक्षा खतरा रहेको भन्दै काठमाडौंको माइतीघरमा रिले अनसनमा छन् । उनीहरुले माग सम्बोधन नभएका कारण पढाइ बिग्रिएको गुनासो गरेका छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *