फागुन २४
त्रिभुवन विश्वविद्यालयका तीन प्राध्यापक संगठनले विश्वविद्यालयका पदाधिकारीको राजीनामा माग गरेका छन्।
एकीकृत प्रगतिशील प्राध्यापक संगठन, नेपाल राष्ट्रिय प्राध्यापक संगठन र प्रजातन्त्रवादी प्राध्यापक संगठनले मंगलबार एक वक्तव्य जारी गर्दै पदाधीकारीको राजीनामा माग गरेका हुन्।
वर्तमान पदाधिकारीहरू विश्वविद्यालय व्यवस्थापन र आफ्ना प्राज्ञिक दायित्व पूरा गर्न चुकेको उनीहरूको ठहर छ। पदाधिकारीहरूले राजनीतिक पूर्वाग्रहका आधारमा आफूखुसी नियम बनाएर नियुक्तिलगायतका प्रक्रियामा प्राज्ञिक मूल्यको अवहेलना गरेकोलगायतका आरोप लगाइएको छ।
‘करार तथा आंशिक शिक्षकका समस्याको समाधान के हो र कसरी तिनका समस्या समाधान गर्न सकिएला भनी वार्ता नगर्ने कुराले उहाँहरूलाई आक्रोशित बनाउने काम हुनुले पनि संस्थाको व्यवस्थापकीय नेतृत्वको अकर्मण्यता पुष्टि हुन्छ । यस्तो अवस्थामा विश्वविद्यालय रहिरहे यसले ल्याउने भावी परिणाम भयावह हुनेतर्फ हामी अति चिन्तित छौँ,’ वक्तव्यमा उल्लेख छ।
Leave a Reply