कक्षा १२ को नतिजा यसै साता सार्वजनिक गर्ने

 ग्लोबल टिभि           0
National Examinations Board (NEB) Nepal. Photo: NEB

कक्षा १२ को नतिजा यसै साता सार्वजनिक गर्ने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । पुसको अन्तिम साता गर्ने भनिए पनि परीक्षाको शैलीमा केही परिवर्तन आएकाले नतिजाको तयारीमा समय लागेको बोर्डका प्रवक्ता जङ्गबहादुर अर्यालले बताए ।

कक्षा १२ को परीक्षा मंसिर ९ गतेदेखि १६ गतेसम्म सञ्चालन भएको थियो । वैशाखमा हुनुपर्ने परीक्षा कोरोना महामारीका कारण ढिलोगरी सञ्चालन भएको थियो ।

नियमित र आंशिक गरी कुल ४ लाख ३ हजार १८० विद्यार्थीले परीक्षा दिएका थिए । परीक्षामा देशभर ४ हजार १०५ परीक्षा केन्द्र थिए । १७ हजार ९०८ विद्यार्थीले आफूले अध्ययन गरेको विद्यालयभन्दा फरक जिल्लाका पायक पर्ने विद्यालयबाट परीक्षा दिएका थिए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *