ग्लोबल टिभि
बुधबार, माघ १४, २०७७
0
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाको नतिजा आउन अझै केही दिन लाग्न सक्ने बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले जानकारी दिए ।
परीक्षार्थीको डाटा रुजुमा थप समय लागेकाले ढिलाई भएको अर्याल बताए।
परीक्षा बोर्डले यसअघि १० माघभित्र नतिजा सार्वजनिक गर्ने जनाएको थियो ।
कोरोना भाइरसको महामारीले गर्दा स्थगित भएको कक्षा १२ को परीक्षा गत १६ मंसिरमा सम्पन्न भएको थियो ।
त्रिभुवन विश्वविद्यालयले स्नातक तहमा भर्ना आह्वान गरिसक्दा पनि कक्षा १२ को नतिजा सार्वजनिक नहुँदा विद्यार्थीहरु अन्योलमा परेका छन् ।
Post Views: 1,641
Leave a Reply