आइओएमले परीक्षा शुल्क नघटाएको भन्दै विद्यार्थीहरूले गरे विरोध प्रदर्शन

 ग्लोवल टि.भी.      आइतवार, कार्तिक २७, २०७९      0

कात्तिक २७ –स्नातक तहको परीक्षा शुल्क चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम) ले नघटाएको भन्दै विद्यार्थीहरूले विरोध प्रदर्शन गरेका छन् । आइओएममा भेला भएका विद्यार्थीहरूले परीक्षा शुल्क घटाउन माग गर्दै नाराबाजी गरिरहेका छन् । अस्वाभाविक रूपमा बढाइएको परीक्षा शुल्क नघटाइए थप आन्दोलन गर्ने चेतावनी उनीहरूले दिएका छन् ।

यसअघि चिकित्सा शिक्षा स्नातक तहमा नियमित र आंशिक दुवै खाले विद्यार्थीले २५ सय तिरे परीक्षा दिन पाउँथे । गत वर्षदेखि अनुत्तिर्ण विद्यार्थीले पुनः परीक्षाका लागि प्रतिविषय ३ हजार तिर्नुपर्ने सूचना आईओएमले निकालेको थियो । परीक्षा फर्म भर्न २५ सय र प्रतिविषय ३ हजारका दरले ९ हजारसम्म लिनेगरी निर्णय भएदेखि नै विद्यार्थीहरूले विरोध गर्दै आएका छन् ।

नियमिततर्फ भने २५ सय रुपैयाँ तिरेर विद्यार्थीले परीक्षा दिन पाउँछन् । यसो हुँदा ३ विषय लागेका विद्यार्थीले ११ हजार नतिरी पुनः परीक्षा दिन पाउँदैनन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *