काठमाडौँ । विगत केही दिन यता फैलिएको असामान्य तुवालोका कारण देशभरका सबै शिक्षण संस्थाहरू आजदेखि बन्द गरिएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा सोमबार बसेको आपकस्मिक बैठकले चार दिनका लागि सबै शिक्षणसंस्था बन्द गर्ने निर्णय लिएको थियो । उक्त निणय अनुसार मंगलबार देखि चार दिनलाई शिक्षण संस्था बन्द गरिएका हुन् ।
शुक्रवार सम्म बन्द रहने छन् भने भोली पल्ट शनिवार परेकाले अर्को निर्णय नभए आइतवारदेखि मात्रै शिक्षण संस्था पुन सुचारु हुनेछन् ।
बढ्दो प्रदूषणले लाखौँ विद्यार्थीमा हुनसक्ने स्वाथ्य प्रतिकुलतालाई ध्यानमा राख्दै शिक्षण संस्था बन्द गरिएको हो ।
शुक्रबारदेखि काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा वायु प्रदूषण बढेको छ । बाक्लो तुवालोका कारण आँखा पोल्ने, स्वासप्रश्वासमा समस्या देखिएन थालेको राजधानीवासीले अनुभव गर्न थालेका छन् । प्रदुषणको जोखिमका कारण जनस्वास्थ्यमा गंभीर असर पर्न सक्ने भन्दै सरोकारवाला निकायले घर भित्रै बस्न सुझाव दिएका छन् ।
जल तथा मौसमविद्का अनुसार लामो समयको खडेरीले हावा सुख्खा भएको र हावाले पानी पार्ने बादलको साटो धुलो र धुँवा लिएर आएको छ ।
Leave a Reply