भारतमा थपिए ९६ हजार ५ सय ५७ कोरोना संक्रमित

 ग्लोबल टिभि           0

एजेन्सी । छिमेकी मुलुक भारतमा पछिल्लो २४ घण्टामा ९६ हजार ५ सय ५७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो पुष्टि भएको कोरोना संक्रमितको संख्या सोमबारको तुलनामा कम हो । यसअघि सोमबार मात्रै भारतमा हालसम्मकै धेरै १ लाख ३ हजार ७९३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।

पछिल्लो वृद्धिसँगै त्यहाँ संक्रमितको संख्या १ करोड २६ लाख ८४ हजार ४७७ पुगेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
भारतमा हालसम्म १ करोड १७ लाख ३० हजार ४५ जना कोरोना संक्रमणमुक्त भएका छन् भने त्यहां कुल सक्रिय कोरोना संक्रमितको संख्या ७ लाख ८८ हजार ८ सय ५५ रहेको छ । यस्तै कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ६५ हजार ५ सय ७७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा त्यहाँ थप ४४५ जनाको मृत्यु भएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *