प्रदुषणबाट हुने जोखिम कम गर्न जनस्वास्थ्यविद्को ११ सुझाव

 ग्लोबल टिभि      मङ्लबार, चैत्र २४, २०७७      0

नेपालमा वायु प्रदुषण पुनः बढ्दै गएको छ । केही दिन अलि मत्थर भएको प्रदुषण फेरी कहाली लाग्दो अवस्थामा पुगेको हो । यो छिट्टै हट्न सक्ने अवस्थामा नरहेको जनस्वास्थ्यविद् डा.रबिन्द्र पाण्डेको भनाइ छ ।

उनले सामाजिक संजालमा भनेका छन्, ‘प्रदुषण बिकराल भएको अवस्थामा अल्पकालीन रणनीतिमा सक्रिय र दीर्घकालीन रणनीतिमा क्रियाशील हुनुको विकल्प छैन । प्रदुषण खतरनाक मन्द बिष हो । हाम्रा बालबालिका, जेष्ठ नागरिक तथा दीर्घबिरामीलाई प्रदुषणले दिन प्रतिदिन अस्वस्थ बनाइरहेको छ ।’

अहिलेको प्रदुषण हटाउन थोरै काम तत्काल गर्न सम्भव छ

– सवारी साधनमा जोर/ बिजोर प्रणाली
– वर्क फ्रम होम
– हप्तामा २ दिन बिदा
– महिनाको एकपटक ‘भेहिकल होली डे’ को ब्यबस्था
– अनलाइन प्रणालीको भरपुर उपयोग
– पोलिथिन प्रयोगमा निषेध
– फोहोरलगायत अन्य बस्तु जलाउन निषेध
– आगालागी गर्नेलाई कडा कारबाही
– ट्राफिक प्रहरी सक्रिय भएर शंकास्पद हरेक सवारी साधनको सडकमै प्रदुषण       जांच अनि प्रदुषणमा फेल भएका सवारीसाधनमा जरिवाना
– इट्टाभट्टा लगायत प्रदुषण बढाउने कारखाना स्थानान्तरण
– अभियानको रुपमा सरसफाई र वृक्षारोपण

यो खालको प्रदुषणले कहाँ कसरी असर गर्छ त ?

– मुटु र फोक्सोलाई बिरामी बनाउँछ
– मुटु र फोक्सोलाई धपेडी गराउँछ
– स्वाश्प्रश्वास प्रणालीका कोष नष्ट गर्छ
– दम, ब्रोंकाइटिस तथा क्यान्सर गराउँछ्र
– मुटु, फोक्सो तथा मष्तिस्कजन्य दीर्घरोगले मृत्यु गराउँछ
– फोक्सोको क्यान्सर हुन्छ
– फोक्सो ड्यामेज गराउँछ्र
– मानसिक समस्या निम्त्याउँछ
– गर्भवती, सुत्केरी तथा शिशुलाई निकै असर गर्छ
– आयु घटाउँछ

डा. पाण्डेले घरभित्रै बस्न, बाहिर जानैपर्ने अवस्था आए चस्मा, मास्क, लामो वाहुला भएको कपडा, सनस्क्रिन लोसन तथा स्यानिटाइजर प्रयोग गर्न सुझाएका छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *