दोखला । आजबाट दोलखाको तामाकोशी गाउँपालिकामा तीन दिने स्वास्थ्य शिविर सुरु गरिएको छ । शिविरको पूर्वमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रिय सदस्य शंकर भण्डारीले उद्घाटन गरेका हुन् ।
कार्यक्रममा नेता भण्डारीले संविधानको मौलिक हकमा नै नागरिकको स्वास्थ्यसम्बन्धि व्यवस्था गरेकाले प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा जोड दिए ।
गाउँ–गाउँसम्म सरल र सहज रुपमा स्वास्थ्य सेवा पुर्याउन सकेमा मात्रै नागरिकले वास्तविक रुपमा लोकतन्त्रको महसुस गर्नसक्ने उनको भनाइ छ ।
तीनदिनसम्म संचालन हुने शिविरमा सर्जिकल सहित आईक्याम्प, डेन्टल, स्त्रीरोग सम्बन्धी उपचार हुने समन्वयकारी संस्था ‘प्रयोजक नेपालको लागि हातहरु’ ले जानकारी दिएको छ । तीनदिने शिविरको आयोजना उक्त संस्थाका अध्यक्ष एवं दोलखा कांग्रेसका युवा नेता कुमार अधिकारीको पहलमा तामाकोशी गाउँपालिकाले गरेको हो ।
उद्घाटन कार्यक्रममा नेपाली कांग्रेस तामाकोशी गाउँपालिकाका सभापति ङरहरी फुयाँल, कांग्रेस दोलखा पार्टी सभापति रुद्रबहादुर खड्का, गाउँपालिका अध्यक्ष ईश्वर चन्द्र पोखरेल, वैतेश्वर गाउँपालिकाका अध्यक्ष छबि लामा, कांंग्रेस पूर्व पार्टी सभापति देवी प्रसाद न्यौपाने, उद्धवराज काफ्ले लगायतकाले संवोधन गरेका थिए ।
त्यस्तै, कांग्रेस नेताहरु इश्वर मानन्धर, वर्मा लामा, विनिता अधिकारी, चित्र कार्की, भवेन्द्र कार्की, महेश काफ्ले, कुमार भुजेल, भुवन केसी, नानीकाजी तामाङ, पदम पाठक लगाएका नेताहरुको उपस्थिति थियो । आजबाट सुरु शिविर बिहिबार सम्म संचालन हुनेछ ।
Leave a Reply