चिनियाँ अनुदानको खोप लगाउन सुरु (भिडियो सहित)

 ग्लोबल टिभि      बुधबार, चैत्र २५, २०७७      0

चीनले अनुदान दिएको कोरोना विरुद्धको भेरोसेल खोप लगाउन सुरु गरिएको छ । चीन सरकारको अनुदानमा आएको ८ लाख डोज भेरोसेल खोप प्राथमिकताको आधारमा काठमाडौं उपत्यका सहित रसुवा, सिन्धुपाल्चोक, काभ्रे र नुवाकोट जिल्लाका बासिन्दालाई दिन सुरु गरिएको हो । यसका लागि सरकारले २३ वटा खोप केन्द्र ताकेको छ ।

सरकारले १८ देखि ५९ वर्ष उमेर समूहका प्राध्यापक, चीन अध्ययन गर्ने विद्यार्थी, अध्ययनका लागि चीन जाने तयारीमा रहेका व्यक्ति, नेपाल–चीन व्यापारमा संलग्न व्यापारी, अत्यावश्यक सेवामा काम गर्ने कर्मचारी/व्यक्ति, होटल, ट्रेकिंग, विज्ञापन र इन्टरनेट क्षेत्रमा काम गर्ने, औषधि फलफुल तरकारी लगायतका व्यापारी चिनीया खोपको प्राथमिकतामा छन् ।

यससंगै खोप लगाउन भन्दै निवेदन दिएका संघ संस्था र यसअघि खोप लगाउन छुटेका अग्रपंक्तिमा खटिने व्यक्तिलाई पनि खोप लगाइने सूचीमा राखिएको मन्त्रालयले जनाएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *