थप ६ जिल्लामा स्वास्थ्यबीमा कार्यक्रम बिस्तार

 ग्लोबल टिभि           0

स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा कार्यक्रमलाई थप ६ जिल्लामा विस्तार गरेको छ । पाँचौ स्वास्थ्य बीमा दिवसको अवसरमा आयोजित कार्यक्रममा बोर्डले थप ६ जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेको हो ।

यससंगै मुलुकका ७५ जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम पुगेको छ । स्वास्थ्य बीमा कार्यक्रम थप गरिएका ६ जिल्ला ताप्लेजुङ्ग, बारा, सर्लाही, दोलखा, मनाङ्ग र मुस्ताङ रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले स्वास्थ्य बीमा कार्यक्रमलाई सरकारले महत्व दिएको बताए । यसको प्रभावकारी कार्यान्वयनमा लाग्न पनि कर्मचारीलाई निर्देशन दिए ।

स्वास्थ्य बीमामा सहभागी भएका बिमितहरुको सेवा सुविधामा हेलचेक्र्याँइ नगर्न समेत मन्त्री त्रिपाठीले सचेत गराए । सरकारले २०७२ चैत्र २५ देखि स्वास्थ्य बीमा कार्यक्रम सुरु गरेको हो । पहिलो कार्यक्रम कैलाली जिल्लाबाट सुरु गरिएको थियो । पाँच जना सम्मको परिवार भएको बिमितले प्रतिबर्ष ३ हजार ५ सय रुपैयाँ प्रिमियम शुल्क तिरेमा स्वास्थ्य बीमा कार्यक्रमको सम्पूर्ण सुबिधा लिन पाउँछन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *