ग्लोबल टिभि
शुक्रबार, कार्तिक २१, २०७७
0
काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा थप २ हजार ९ सय ९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सक्रिय संक्रमितको संख्या ३४ हजार ९ सय ५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा पीसीआर परीक्षण गर्दा २ हजार ९सय ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । संक्रमितको कुल संख्या १ लाख ८८ हजार ८ सय ८३ पुगेको छ । यस्तै, पछिल्लो २४ घण्टामा ४५ सय जना डिस्चार्ज भएका छन् । अहिलेसम्म डिस्चार्ज हुनेको संख्या १ लाख ५२ हजार ९ सय ८ रहेको छ । यसैगरी बुधवार थप ३० जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यो संगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ३४ पुगेको छ ।यसैगरि २४ घण्टामा थप १८ जनाको निधन भएको छ । यो संगै निधन हुनेको संख्या १ हजार ७० पुगेको छ ।
Post Views: 706
Leave a Reply