ग्लोबल टिभि
आइतवार, चैत्र २९, २०७७
0
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यका भित्रिने मुख्य २ नाकामा कोरोना संक्रमणको जोखिम घटाउन चेक जाँचमा कडाइ गर्ने बताइरहे पनि अवस्था उल्टो छ । आइतबार अपरान्ह काठमाडौं भित्रिने पश्चिमी नाका नागढुङ्गा र पूर्वी नाका साँगा भञ्ज्याङमा कुनैपनि सुरक्षा सावधानी, चेकजाँच भएको देखिएन । सवारी साधनमा रहेका यात्रु तथा कर्मचारी स्वयम्ले पनि सुरक्षाको उपाय/सावधानी अपनाएको पाइएन ।
तैनाथ सुरक्षाकर्मीले सवारी साधनको लगत लिने बाहेक अन्य कुनै सर्तकता अपनाएका छैनन् । यसले काठमाडौ उपत्यकामा कोरोनासंक्रमणको जोखिम बढाएको छ ।
काठमाडौं जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समितिको २३ गते बसेको बैठकले काठमाडौं प्रवेश गर्ने नाकामा एन्टीजेन परीक्षण गर्ने व्यवस्था गर्ने निर्णय गरेको थियो ।
Post Views: 1,640
Leave a Reply