माग सम्बोधन नभएको भन्दै वीरका स्वास्थ्यकर्मीद्वारा आन्दोलनका थप कार्यक्रम घोषणा

 ग्लोबल टिभि      शुक्रबार, कार्तिक २१, २०७७      0

काठमाण्डौं । वीर अस्पतालका आन्दोलित स्वास्थ्यकर्मीरकर्मचारीहरुले आफ्ना माग सम्बोधन नभएको भन्दै थप आन्दोलनको कार्यक्रम घोषणा गरेका छन्।

पदाधिकारीहरुले आफ्ना मागप्रति कुनै सुनुवाइ नगरेको भन्दै उनीहरुले अर्को हप्ताको थप कार्यक्रम सार्बजनिक गरेका हुन्। आइतबार देखि शुक्रबारसम्मको कार्यक्रममा पहिले झैँ कालोपट्टी,ब्यानर,प्लेकार्ड सहित कर्मचारिले धर्ना र जुलुस गर्ने नेपाल स्वास्थ्यकर्मी संघ, वीर अस्पतालका अध्यक्ष खुबराज आचार्यले बताए।

उनले भने, ‘अहिलेसम्म हामीले शान्तिपूर्ण रुपमा अस्पतालमा धर्ना दिएर आन्दोलन गरिरहेका छौं, सेवाग्राहीहरुलाई कुनै असर पुर्याइएको छैन। तर हाम्रो धैर्यतालाई कमजोरी सम्झी मागको सुनुवाइ नगरिए हामी पदाधिकारीलाई अस्पताल निशेध गर्ने तथा सेवा अबरुद्ध गर्ने सम्मको कार्यक्रम सार्बजनिक गर्नेछौं।

कोरोनाको उपचारमा खटिए बापतको भत्ता लगायत तलब सहितको सुविधा नदिएको भन्दै वीर अस्पतालका कर्मचारीहरु कात्तिक २ गतेदेखि आन्दोलनरत छन्। उनिहरुले सेवा सुबिधा मात्र नभै अस्पतालमा

सहज, सरल र गुणस्तरीय पूर्ववत् सेवा संचालन गर्नुपर्ने, अहिलेको अवस्थाको कारण बिरामिले दुख पाइरहेको भन्दै अस्पतालमा नाराबाजि समेत गरेका थिए।
“हामीले आफ्नो पूर्ववत् परिश्रमको मूल्य मागेका हौं, थप सुबिधा हैन तर हामी बिरामिले सर्बसुलभ र गुणस्तरीय सेवा पाउनुपर्छ भन्ने कुरामा पनि उत्तिकै चिन्तित छौं। यो पनि हाम्रो आन्दोलनको माग हो“ आचार्यले भने।
आज पनि बिहान साढे १० देखि साढे ११ बजेसम्म प्ले कार्ड सहित हातमा कालो पट्टी बाँधेर धर्ना दिएको आचार्यले जानकारी दिए। उनले भने, “हामी अबको कार्यक्रममा मन्त्रालयको ध्यानाकर्षणका लागि स्वास्थ्यमन्त्री समक्ष ज्ञापनपत्र बुझाउने,पदाधिकारीको विरुद्ध पोस्टर पम्प्लेट टाँस्ने, नारा जुलुस गर्ने तथा अवस्था हेरेर पदाधिकारी घेराउ गर्ने समेतका कार्यक्रम गर्नेछौं“।
वीर अस्पतालमा स्वास्थ्यकर्मी र कर्मचारीले चैतदेखि  कोभिड भत्ता, २०७६ कोऔषधि खरिद खर्च, सेवा विस्तार भत्ता, अस्थायी करार ज्यालादारी कर्मचारीको तलब भत्ता साथै स्वास्थ्यकर्मीले काममा पर्याप्त स्वास्थ्य सुरक्षाका सामग्री नपाएको भन्दै कार्तिक २ गतेबाट आन्दोलन शुरू गरेका थिए।
पटकपटक ध्यानाकर्षण गराउँदा पनि सम्बन्धित पक्षले बेवास्ता गरेको भन्दै कर्मचारीले न्याम्सका उपकुलपति,रेक्टर रजिष्ट्रार, डिन र निर्देशकको राजीनामा माग समेत गरेका छन्। यो आन्दोलनको एजेन्डामा सबै ट्रेड युनियनकर्मी एकै ठाउँमा रहेकाले मागको सुनुवाइ नगरे पदाधिकारीहरुको पद धरापमा पर्ने आन्दोलनरत कर्मचारी बताउछन्।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *