ग्लोबल टिभि
मङ्लबार, चैत्र ३१, २०७७
0
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजबाट ४० देखि ५९ वर्ष उमेर समूहका व्यक्तिहरुलाई खोप लगाउन सुरु गर्ने भएको छ ।
यो उमेर समूहका व्यक्तिहरुलाई चिनियाँ कम्पनीको कोभिड खोप भेरोसेल लगाउने तयारी गरिएको मन्त्रालय खोप शाखा प्रमुख डा. झलक शर्मा गौतमले ग्लोबल टेलिभिजनलाई जानकारी दिनु भयो । यसै गरी मंगलबारदेखि नै चालक र सहचालकसहित अत्यावश्यक सेवामा खटिएका १८ देखि ६० वर्षका व्यक्तिलाई पनि लगाउने निर्णय गरिएको खोप शाखा प्रमुख गौतमको भनाइ छ । ।
उहांका अनुसार स्वास्थ्यकर्मी फार्मेसीका कर्मचारी, सार्वजनिक यातायातका चालक र सहचालक सहित अत्यावश्यक सेवामा खटिएका व्यक्तिलाई खोप लगाइने छ।
Post Views: 1,193
Leave a Reply