टेकुमा कोरोना संक्रमितको मात्रै उपचार हुने

 ग्लोबल टिभि      बुधबार, बैशाख १, २०७८      0

नेपालमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा अबदेखि कोभिड संक्रमितको मात्रै उपचार गरिने भएको छ ।
सरुवा रोग विषेषज्ञ डा. शेर बहादुर पुनले अस्पतालमा कोरोना संक्रमितको संख्या बढ्दै जाँदा अन्य सेवा बन्द गरिएको जानकारी दिए ।

उनले मंगलबारदेखि नै अस्पतालका अन्य सेवा बन्द गरिएको बताए । एचआइभी र एन्टी रेबिज भ्याक्सिन सेवा भने सुचारु नै रहनेछ । नेपालमा कोरोना संक्रमणको दोस्रो लहर सुरु भएपछि गम्भीर प्रकृतिका बिरामी भर्ना हुने दर बढेकाले अन्य सेवा बन्द गरेर पुनः कोरोनाको उपचारमा मात्रै सेवा केन्द्रित गरिएको अस्पतालले जनाएको छ ।

पछिल्लो दुई सातादेखि अस्पतालमा संक्रमित बिरामी भर्ना हुने दर ४० प्रतिशतले बढेकाले अन्य सेवा लिन आउनेलाई जोखिम हुन सक्ने कुरालाई ध्यानमा राखेर कोरोना बाहेकका सेवा तत्काललाई बन्द गरिएको हो ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *