पहाडी भू–भागका केही स्थानमा मेघगर्जन –चट्टयाङ्ग सहित क्षणिक वर्षाको सम्भावना

 ग्लोबल टिभि           0

काठमाडौं । देशका पहाडी भू–भागका केही स्थानमा आज अपरान्ह – साँझतिर मेघगर्जन –चट्टयाङ्ग सहित क्षणिक वर्षाको सम्भावना रहेको छ । हाल देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलिको अबस्था रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशमा स्थानीय वायुको साथै पश्चिमी न्युन चापीय रेखाको समेत प्रभाव रहेकाले देशका पहाडी भू–भागमा क्षणिक वर्षाको संभावना रहेको महाशाखाको भनाइ छ । हावाहुरी, मेघगर्जन –चट्टयाङ्ग सहित वर्षाको संभावना रहेकाले आवश्यक सर्तकर्ता अपनाउन पनि महाशाखाले आग्रह गरेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

२०७८ बैशाख २ गते (बिहिबार)

दिउँसो : देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ। देशका पहाडी भू–भागका थोरै स्थानहरुमा मेघगर्जन–चट्टयाङ्ग सहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

राती  : देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ ।

देशका पहाडी भू–भागका एक दुई स्थानमा मेघगर्जन–चट्टयाङ्ग सहित क्षणिक वर्षाको सम्भावना रहेको छ।

२०७८ बैशाख ३ गते (शुक्रबार)

दिउँसोः  सुदरपशचिम प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमाआंशिक बदली रहनेछ। सुदरपशचिम प्रदेशका लगायत अन्य प्रदेशका पहाडी भू–भागहरुका थेरै स्थानमा मेघगर्जन–चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

राती  : सुदरपशचिम प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ । सुदरपशचिम प्रदेशका थोरै स्थानहरुमा र बाँकि पहाडी भू–भागका एक दुई स्थानमा मेघगर्जन–चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ

२०७८ बैशाख ४ गते (शनिबार)

दिउँसो : देशका धेरैजसो स्थानहरुमा आंशिक देखि सामान्य बदली रहनेछ। देशका पहाडी भू–भागका थोरै स्थानहरुमा र तराईका एक दुइ स्थानमा मेघगर्जन–चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

रातीः देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ ।

देशको पहाडी भू–भागका एक दुई स्थानमा मेघगर्जन–चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *