काठमाण्डौं उपत्यकामा १५ सय १२ जना संक्रमित थपिए
ग्लोवल टि.भी.
शनिबार, कार्तिक २२, २०७७
0
काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा थप २७ सय ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सक्रिय संक्रमितको संख्या ३५ हजार ४ सय ३५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा १० हजार ४ सय २३ पीसीआर परीक्षण गर्दा २७ सय ५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । संक्रमितको कुल संख्या १ लाख ९१ हजार ६ सय ३६ पुगेको छ । यस्तै, पछिल्लो २४ घण्टामा २२ सय ६ जना डिस्चार्ज भएका छन् । अहिलेसम्म डिस्चार्ज हुनेको संख्या १ लाख ५५ हजार १ सय १४ रहेको छ । यसैगरि २४ घण्टामा थप १७ जनाको निधन भएको छ । यो संगै निधन हुनेको संख्या १ हजार ८७ पुगेको छ ।
काठमाण्डौं उपत्यकामा १५ सय १२ जना संक्रमित थपिएका छन ।
Post Views: 292
Leave a Reply