भिडभाडका क्षेत्र बन्द गर्न विज्ञको सुझाव, सरोकारवालाको अटेरी

 ग्लोबल टिभि           0

हाल नेपालमा कोरोना भाइरस संक्रमण बढ्दो छ । बालबालिका तथा युवायुवती अहिले देखिएको नयाँ भेरिएन्टको जोखिममा रहेका छन् । यही तथ्यलाई मध्यनजर गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अति जोखिममा रहेका १४ जिल्लाका विद्यालय बन्द गर्न अपिल गरेको छ ।

मन्त्रालयले काठमाडौँ, भक्तपुर, ललितपुर, कास्की, रुपन्देही, चितवन, बाँके, पर्सा, कैलाली, मोरङ, दाङ, सुर्खेत, बारा र बागलुङलाई प्रभावित जिल्लामा वर्गीकरण गरेको छ । यी जिल्लामा संवेदनशीलता अपनाउन सरकारले आग्रह गरेको छ ।

तर सरकारी संयन्त्रले गर्ने गरेको आग्रह र अपिलले मात्रै जोखिममा रहेका क्षेत्र पूर्णरूपमा बन्द नहुने र कोरोनाको जोखिम अझै भयावह स्थितिमा पुग्ने स्वास्थ्यविद् बताउँछन् । जनस्वास्थ्यविद् डा. रमेश आचार्य विद्यार्थीको पढाइ सहजै सञ्चालन गर्ने खाका तयार नभएसम्म शैक्षिक संस्था बन्द नहुने धारणा राख्छन् ।

कोरोनाको दोस्रो लहर सुरु भइसकेको अवस्थामा संक्रमण नियन्त्रणका लागि धेरै क्षेत्रमा सरकार चुकिरहेको छ । धेरै व्यक्ति सामान्य स्वास्थ्य मापदण्ड पालना गर्न समेत अनिवार्य ठानिरहेका छैनन् । मुलुक नै जोखिममा रहेको अवस्थामा रोकथाम र नियन्त्रणका लागि गर्नुपर्ने कार्यमा पनि सरकार उदासीन देखिएको छ ।

यस्तो अवस्थामा स्वास्थ्य मापदण्ड पालना गराउन कडाभन्दा कडा नीति आवश्यक छ । नियम पालना नगर्नेलाई जरिवाना तिराउने, सीमा नाकामा कडाइ गर्ने, समुदायस्तरमा परीक्षणको दायरा बढाउने र खोप आयातमा संवेदनशील बन्नुपर्नेमा सरकार आग्रह, अनुरोध र अपिलमा लागेको छ । सरकारले यीमध्ये कुनै पनि कदम चाल्न गम्भीर नदेखिँदा विशेषगरी बालबालिका तथा युवायुवती स्वास्थ्य जोखिममा परेको बताउँछन्, डा. आचार्य ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *