ग्लोवल टि.भी.
सोमवार, बैशाख ६, २०७८
0
नेपालमा थप १२ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससंगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ८५ हजार ९ सय पुगेको छ । पछिल्लो २४ घण्टामा ७ हजार एक जनाको पिसीआर परिक्षण गर्दा १२ सय २७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । त्यस्तै, ५ सय ४७ जनाको एन्टिजेन परिक्षण गरिएकोमा ५४ जनामा कोरोना संक्रमण भेटिएको छ ।
कोरोनाका कारण पछिलो २४ घण्टामा ८ जनाले ज्यान गुमाएका छन् । यससंगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार ९१ पुगेको छ ।
त्यस्तै, पछिल्लो २४ घण्टामा २ सय ५५ जनाले कोरोनालाई पराजित गरेका छन् । अहिले ७ हजार २ सय ५४ जना आइशोलेशनमा र ८१ जना क्वारेन्टाइनमा रहेका मन्त्रालयले जनाएको छ ।
Post Views: 700
Leave a Reply