ग्लोबल टिभि
मङ्लबार, बैशाख ७, २०७८
0
काठमाडौँ । कोरोना विरुद्धको खोपको दोस्रो मात्रा आज बाट लगाउन सुरु गरिँदै छ ।
गत माघ १४ देखि फागुन १० गतेसम्म कोभिड–१९ को पहिलो मात्रा लगाएका व्यक्तिलाई दोस्रो मात्राको खोप लगाउन लागिएको स्वास्थ्य सेवा विभाग, खोप शाखाका प्रमुख डा. झलक शर्मा गौतमले जानकारी दिनु भयो ।
उक्त अवधिमा पहिलो मात्रा खोप लगाएका व्यक्तिले आज देखि ११ गतेसम्म आफूलाई पायक पर्ने खोप केन्द्रमा गई खोप लगाउन प्रमुख शर्माको आग्रह छ । पहिलो खोप अभियानअन्तर्गत विभागले भारत सरकारको अनुदानमा प्राप्त र खरिद गरेको ‘कोभिशिल्ड’ खोपको मात्रा दिइएको थियो ।
Post Views: 1,738
Leave a Reply