२४ घण्टामा २८ सय १७ संक्रमित थपिए,२८ सय १२ संक्रमणमुक्त

काठमाण्डौं उपत्यकामा १५ सय ३३ जना संक्रमित थपिए 

 ग्लोवल टि.भी.      आइतवार, कार्तिक २३, २०७७      0

काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा थप २८ सय १७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सक्रिय संक्रमितको संख्या ३५ हजार ४ सय १९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा १२ हजार ३ सय ११  पीसीआर परीक्षण गर्दा २८ सय १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । संक्रमितको कुल संख्या १ लाख ९४ हजार ४ सय ५३ पुगेको छ । यस्तै, पछिल्लो २४ घण्टामा २८ सय १२  जना डिस्चार्ज भएका छन् । अहिलेसम्म डिस्चार्ज हुनेको संख्या १ लाख ५७ हजार ९ सय २६ रहेको छ । यसैगरि २४ घण्टामा थप २१ जनाको निधन भएको छ । यो संगै निधन हुनेको संख्या ११ सय ८ पुगेको छ  ।
काठमाण्डौंमा १२ सय ९४,भक्तपुरमा ७७ र ललितपुरमा १ सय ६२ गरि उपत्यकामा १५ सय ३३ जना संक्रमित थपिएका छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *