ग्लोबल टिभि
0
भारतमा कोरोना संक्रमितको संख्यामा दिनहुँ नयाँ रेकर्ड कायम भएको छ । पछिल्ला केही दिन यता लगातार दैनिक २ लाख ५० हजारभन्दा बढीमा संक्रमण हुँदै आएकोमा पछिल्लो २४ घण्टामा थप ३ लाख १५ हजार ८०२ जनामा संक्रमण भएको छ । २४ घण्टामा संक्रमण पुष्टि हुनेको यो संख्या भारतमा अहिलेसम्मकै उच्च हो । पछिल्लो वृद्धिसँगै भारतमा कुल संक्रमितको संख्या १ करोड ५९ लाख २४ हजार ८०६ पुगेको छ ।
भारतमा १ करोड ३४ लाख ४९ हजार ४०६ जना संक्रमणमुक्त भएका छन् । २२ लाख ९० हजार ७२८ जना सक्रिय संक्रमित रहेका छन् । यस्तै, भारतमा पछिल्लो २४ घण्टामा २ हजार १०२ जनाको मृत्यु भएको छ ।
Post Views: 1,306
Leave a Reply