ग्लोबल टिभि
बिहिबार, बैशाख ९, २०७८
0
नेपालमा कोरोना भाइरसको दोस्रो लहर शुरु भएसँगै अस्पतालहरूमा पीसीआर परीक्षणको संख्या बढाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत वैशाख ५ गते ५ हजार ७८३ पीसीआर परीक्षण गर्दा एक हजार ९६ जना संक्रमित पाइए ।
यस्तै वैशाख ६ मा ७ हजार ५४८ को परीक्षण गर्दा २५५ जनाको पोजेटिभ पाइएको थियो । वैशाख ७ गते ८ हजार ९३८ जनाको पीसीआर गर्दा एक हजार ७३६ जनाको पोजेटिभ आएको थियो ।
वैशाख ८ मा गरिएको आठ हजार ८४४ पीसीआर परीक्षणमा दुई हजार ३५१ संक्रमित पाइएका थिए ।
स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा हालसम्म पीसीआर परीक्षण गर्नेको संख्या २३ लाख ६९ हजार ४०१ पुगेको छ । नेपालमा २ लाख ८९ हजार ७ सय ८७ पोजेटिभ देखिएको मन्त्रालयको भनाइ छ । अहिलेसम्ममा दुई लाख ७६ हजार ९३ संक्रमणमुक्त भएका छन् ।
नेपालमा संक्रमण दरको अवस्था पछिल्लो १६ दिनको तथ्यांक
Post Views: 1,766
Leave a Reply