केही समयअघि भारतमा कोरोना भाइरसको ‘डबल म्युटेन्ट भेरियन्ट’ देखिएको थियो । यो तीव्र गतिमा फैलिने र रोगप्रतिरोधात्मक क्षमतालाई छल्नसक्ने खालको भएको भन्दै वैज्ञानिकहरूले सचेत रहन भनेका थिए ।
तर अहिले अहिले भारतको महाराष्ट्रमा कोरोना भाइरसको अर्को परिवर्तित स्वरूप ‘ट्रिपल म्युटेन्ट भेरियन्ट’ देखिएको छ । विज्ञहरू यो भेरियन्टलाई निकै खतरनाक भएको बताउँछन् । यो भेरियन्ट तीव्र गतिमा फैलिनसक्ने र रोग प्रतिरोधात्मक क्षमतालाई सजिलै परास्त गर्नसक्ने उनीहरूको भनाइ छ ।
भारतको महाराष्ट्रमा देखिएको ट्रिपल म्युटेन्ट भेरियन्टलाई ‘वेस्ट बंगाल भेरियन्ट’ पनि भनिएको छ । जनस्वास्थ्यविद् डा.रमेश आचार्यका अनुसार यो भाइरसबारे अझै अध्ययन भइरहेकाले ‘भेरियन्ट अफ इन्ट्रेस्ट’ भनिन्छ । ‘यो भाइरसमा तीनवटा म्युटेसन देखिएको छ’, उनी भन्छन्, ‘जुन तीना छुट्टाछुट्टै भेरियन्टमा रहेको म्युटेसन यो भाइरस एउटैमा देखिएको छ ।’
विज्ञका अनुसार ‘यो भाइरस पहिलाको भन्दा पनि अत्यन्तै तीव्र गतिमा फैलिनसक्ने, बालबालिकामा पनि युवाहरूमा जस्तै सर्नसक्ने क्षमता भएको देखिएको छ । ‘जो व्यक्ति पहिले संक्रमित भई शरीरमा एन्टिबडी बनिसकेको छ’, डा. आचार्य भन्छन्, ‘अब त्यो एन्टीबडीले यो ट्रिपल म्युटेन्ट भाइरसविरुद्ध काम गर्दैन ।’
त्यसैले यो डरलाग्दो भएको रोग प्रतिरोधात्मक क्षमताले नै काम नगर्ने देखिएको डा. आचार्यको भनाइ छ । ‘त्यसैले म पहिले संक्रमित भइसकेँ, मेरो शरीरमा एन्टीबडी छ भनेर ढुक्क हुन सकिने अवस्था हुँदैन’, उनी भन्छन् ।
कोभिड–१९ विरुद्धको खोपले अब काम गर्छ कि गर्दैन भन्ने विषयमा अध्ययन भइरहेको छ । रोग प्रतिरोधात्मक क्षमताले काम गर्दैन, छल्न सक्छ भनेपछि खोपले काम गर्ने सम्भावना पनि कम भएको बुझिने विज्ञ बताउँछन् ।
भाइरसलाई आफ्नो स्वरूप परिवर्तन गरिरहन हामीले नै मौका दिइरहेका छौँ । सरकारले सभा, सम्मेलन, भीडभाड नगर्न आग्रह गरिरहेको छ । तर, हामी भीडभाड गर्छौँ । जनस्वास्थ्यका मापदण्ड पालना गर्दैनौ । लापरवाही यही क्रममा बढ्दै गए भाइरसका अन्य रूपपनि नआउँला भन्न सकिँदैन ।
Leave a Reply