‘यही गतिमा संक्रमण फैलिए अस्पतालमा बिरामी राख्ने ठाउँ हुने छैन’

 ग्लोबल टिभि      आइतवार, बैशाख १२, २०७८      0

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस संक्रमण अहिलेकै दरमा फैलिए केही दिनभित्रै अस्पतालमा बिरामी राख्ने ठाउँसमेत नहुने चेतावनी दिएको छ ।

मन्त्रालयले सूचना प्रकाशन गरी संक्रमणको चक्र रोक्न नसकिए केही दिनभित्रै अस्पतालमा बिरामी राख्ने ठाउँ नहुने चेतावनी दिएको हो । अहिलेका लागि रोकथाम गर्न सरकारले तोकेका मापदण्ड पालना गर्नु नै निर्विकल्प उपाय भएको मन्त्रालयले जनाएको छ ।

यस्तो संवेदनशील समयमा सार्वजनिक कार्यक्रम नगर्न र स्वास्थ्य मापदण्ड पालना गर्न  पनि मन्त्रालयले आग्रह गरेको छ ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *