ग्लोवल टि.भी.
आइतवार, बैशाख १२, २०७८
0
नेपालमा थप तीन हजार १२२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २८ जनाले ज्यान गुमाएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नौ हजार २९२ जनाको पीसीआर र ७८२ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा यो संख्यामा संक्रमित पाइएका हुन् ।
यीमध्ये काठमाडौँ उपत्यकाका एक हजार ४९८ जना छन् । काठमाडौँका एक हजार १३२, ललितपुरका २७० र भक्तपुरका ९६ जना हुन् ।
२४ घण्टामा ४५० जना संक्रमणमुक्त भएका छन् । देशभरका आइसोलेसनमा १९ हजार ३८२ संक्रमित रहेका छन् । आईसीयूमा रहेका २५२ मध्ये ६५ जना भेण्टिलेटरमा रहेका छन् ।
Post Views: 387
Leave a Reply