काठमाण्डौं उपत्यकामा १४ सय २८ जना संक्रमित थपिए
ग्लोबल टिभि
सोमवार, कार्तिक २४, २०७७
0
काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा थप २५ सय ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सक्रिय संक्रमितको संख्या ३६ हजार १ सय ७४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा ११ हजार १ सय ७७ पीसीआर परीक्षण गर्दा २५ सय ७१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । संक्रमितको कुल संख्या १ लाख ९७ हजार २४ पुगेको छ । यस्तै, पछिल्लो २४ घण्टामा १७ सय ९८ जना डिस्चार्ज भएका छन् । अहिलेसम्म डिस्चार्ज हुनेको संख्या १ लाख ५९ हजार ७ सय २४ रहेको छ । यसैगरि २४ घण्टामा थप २१ जनाको निधन भएको छ । यो संगै निधन हुनेको संख्या ११ सय २६ पुगेको छ ।
काठमाण्डौं उपत्यकामा १४ सय २८ जना संक्रमित थपिएका छन्
Post Views: 676
Leave a Reply