गण्डकी प्रदेशमा कोरोनाले थप चारजनाको मृत्यु

 ग्लोबल टिभि      सोमवार, बैशाख १३, २०७८      0

गण्डकी प्रदेशमा थप चार कोरोना संक्रमितको मृत्यु भएको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार सोमबार कास्कीका २ र स्याङ्जा तथा म्याग्दीका १\१ जना संक्रमितको मृत्यु भएको हो ।

पोखरा महानगरपालिका–२५ का ९१ वर्षीय पुरुषको मेडिप्लस अस्पतालमा उपचारका क्रममा बिहान मृत्यु भएको हो ।

पोखरा महानगरपालिका–१ की ५५ वर्षीया महिलाको पोखराको मेडिप्लस अस्पतालमा मृत्यु भएको हो ।

यसैगरी स्याङ्जाको वालिङ नगरपालिका–१२ का ५८ वर्षीय पुरुषको लुम्बिनी मेडिकल कलेज पाल्पामा मृत्यु भएको हो ।

यस्तै म्याग्दीको रघुगंगा गाउँपालिका–३ का ७८ वर्षीय पुरुषको मणिपाल शिक्षण अस्पताल पोखरामा मृत्यु भएको हो ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *