सरकारले भेरी अस्पतालमा ८० स्वास्थ्यकर्मी पठाउने

 ग्लोबल टिभि      सोमवार, बैशाख १३, २०७८      0

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बाँकेको भेरी अस्पतालमा ८० स्वास्थ्यकर्मी पठाउने निर्णय गरेको छ । मन्त्रालयले १० मेडिकल अफिसर, ४० नर्स र ३० स्वास्थ्य सहयोगी पठाउने निर्णय गरेको हो ।

मन्त्रालयका प्रमुख स्वास्थ्य विशेषज्ञ डा.महेन्द्र श्रेष्ठले आइतबार स्थलगत निरीक्षण गरेर बाँकेको अवस्थाबारे जानकारी गराएका थिए । त्यसपछि मन्त्रालयले अस्पतालमा थप स्वास्थ्यकर्मी पठाउने निर्णय गरेको हो ।

यस्तै मन्त्रालयले कोहलपुरको नेपालगञ्ज मेडिकल कलेजमा पनि ५० बेडको हाई डिपेन्डेन्सी युनिट (एचडीयू) बनाउन सामग्री दिने निर्णय भएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *