संक्रमित धेरै भएका ठाउँमा स्वास्थ्य संकटकाल लगाऊ : चिकित्सक संघ

 ग्लोबल टिभि      सोमवार, बैशाख १३, २०७८      0

नेपाल चिकित्सक संघले कोरोना संक्रमितको संख्या धेरै भएका ठाउँमा ‘मेडिकल इमरजेन्सी’ लागु गरी लकडाउन गर्न सुझाव दिएको छ ।

सोमवार बसेको संघको बैठकले नेपाल चिकित्सक संघले अस्पतालमा अक्सिजन, हाइडिपेन्डेन्सी युनिट र बेड अभाव हुन समेत सरकारलाई भनेको छ ।

संघका महासचिव डाक्टर बद्री रिजालले चिकित्सक र स्वास्थ्यकर्मीहरुको दरबन्दी न्यून भइरहेकोले दरबन्दी तत्काल थप गर्न पनि माग गरेको जानकारी दिए ।

संघले कोभिड र नन कोभिड बिरामीको उपचारका लागि छुट्टाछुट्टै अस्पताल तोक्न पनि भनेको छ । अहिले भइरहेका अस्पतालहरुमा बिरामी भरिएकाले अन्य बिरामीलाई अत्यावश्यक भए मात्रै जाने व्यवस्था मिलाउन पनि संघले सुझाव दिएको छ ।

संघले चिकित्सक र स्वास्थ्यकर्मीको सुरक्षाका लागि बिमासहित उपचारको ज्ञारेन्टी लिन पनि माग गरेको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *