कांग्रेस नेता बिश्वकर्माको स्वास्थ्यमा सुधार, भेन्टिलेटरबाट निकालियो

 ग्लोवल टि.भी.      मङ्लबार, कार्तिक २५, २०७७      0

कोरोना संक्रमणबाट गम्भीर बिरामी परेका कांग्रेस केन्द्रीय सदस्य एवं दलित संघका अध्यक्ष मीन विश्वकर्मा लाई एक हप्तापछि भेन्टिलेटरबाट निकालिएको छ । कोरोना संक्रमणले फोक्सोमा निमोनिया र श्वाप्रश्वासमा समस्या आएपछि विश्वकर्माको गान्डी अस्पतालमा उपचार हुँदै आएको थियो ।

एक हप्ता भेन्टिलेटरमा राखेपछि अवस्थामा सुधार भएपछि भेन्टिलेटरको पाइप निकालिएको जानकारी विश्वकर्मा अस्पतालले जनाएको छ । भेन्टीलेटरबाट निकालिएपनि उनलाई मुखमा मास्कमार्फत अक्सिजन दिइराखिएको छ । भेन्टीलेटर निकालेर ७२ घण्टाकोे ट्रायलमा अवस्थामा सुधार आइरहेको जानकारी डाक्टरहरुले गराएका छन् । भेन्टिलेटर निकालिएपछि विश्वकर्मा डाक्टरसँग अलिअलि कुरा गर्न थालेका छन् ।

फोक्सोमा निमोनिया धेरै नै गढेको थियो । विश्वकर्मालाई १ कात्तिकमा कोरोना पुष्टि भएको थियो । त्यसपछि ८ दिनसम्म उनी होम आइसोलेसनमा नै बसेका थिए । ९ कात्तिकमा वीर अस्पतालमा भर्ना भएर तीन दिन बसे पनि स्वास्थ्यमा सुधार नभएपछि उपचारका लागि विश्वकर्मालाई ग्रान्डी अस्पताल लगिएको थियो ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *