थपिए २७ सय ३६ संक्रमित, थप २२ जनाको निधन

 ग्लोवल टि.भी.      मङ्लबार, कार्तिक २५, २०७७      0

काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा थप २७ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सक्रिय संक्रमितको संख्या ३८ हजार ३५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा ११ हजार १ सय ७७ पीसीआर परीक्षण गर्दा २७ सय ३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । संक्रमितको कुल संख्या १ लाख ९९ हजार ७ सय ६० पुगेको छ । यस्तै, पछिल्लो २४ घण्टामा ८ सय ९३ जना डिस्चार्ज भएका छन् । अहिलेसम्म डिस्चार्ज हुनेको संख्या १ लाख ६० हजार ५सय ७७ रहेको छ । यसैगरि २४ घण्टामा थप २२ जनाको निधन भएको छ । यो संगै निधन हुनेको संख्या ११ सय ४८ पुगेको छ ।
काठमाण्डौं उपत्यकामा १४ सय २८ जना संक्रमित थपिएका छन्

 

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *