अहिलेसम्मकै उच्च संख्यामा मृत्यु, एकैदिन धेरै संक्रमित

३७ जनाले गुमाए ज्यान, सात हजार ४४८ संक्रमित थपिए

 ग्लोवल टि.भी.      सोमवार, बैशाख २०, २०७८      0

काठमाडौँ । नेपालमा कोरोना संक्रमणले थप ३७ जनाको मुत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यससँगै संक्रमणले ज्यान गुमाउनेको संख्या तीन हजार ३६२ पुगेको छ ।

यस्तै सात हजार ४४८ नयाँ संक्रमित थपिएका छन् । १७ हजार १७६ जनाको परीक्षण गर्दा पीसीआरबाट सात हजार ३८८ र एन्टिजेनबाट ६० संक्रमित पाइएका हुन् ।

यससँगै नेपालमा सक्रिय संक्रमितको संख्या ५४ हजार ४१ पुगेको छ । २४ घण्टामा दुई हजार २१ जना निको भएका छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *