एजेन्सी । दैनिक चार लाखको दरले कोरोना संक्रमित थपिँदै गएको भारतमा पछिल्ला दुई दिन यता भने त्यो संख्या क्रमश घट्न थालेको छ । भारतीय स्वास्थ्य मनत्रालयका अनुसार पछिल्लो चौविस घण्टामा ३ लाख ५५ हजार ८ सय २९ कोरोना संक्रमित पुष्टि भएको जानकारी दिएको छ ।
पहिलो पटक गत शनिवार चार लाख नाघेको भारतमा दैनिक वृद्धिमा आइवारबाट ओरालो लाग्न थालको हो । पछिल्लो थपिएको संख्यासंगै भारतमा हाल सम्म २ करोड २ लाख ७५ हजार ५ सय ४३ जना
अहिले सम्म भारतमा १ करोड ६६ लाख ७ सय ३ जना कोरोना संक्रमणमुक्त भएका छन् भने सक्रिय संक्रमितको कुल संख्या ३४ लाख ५२ हजार ४ सय ५७ रहेको छ ।
पछिल्लो २४ घण्टामा भारतमा ३४ सय ३८ कोरोना संक्रमितको मृत्यु भएको छ ।
दोस्रो लहरको संक्रमण बढ्दै जाँदा मृतकको संख्या पनि दैनिक बढ्ने क्र्ममा रहेको छ । पछिल्लो विवरणसँगै भारतमा मृतक संख्या २ लाख २२ हजार ३ सय ८३ पुगेको छ । भारत दोस्रो लहरको हट स्पट बनेको छ भने बिरामीहरुले अक्सिजन अभावमा मृत्युवरण गर्नु पर्ने बाध्य छन् ।
Leave a Reply