धनगढीमा थप दुई कोरोना संक्रमितको मृत्यु

 ग्लोबल टिभि      बुधबार, बैशाख २२, २०७८      0

धनगढीमा उपचाररत थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । सेती प्रादेशिक अस्पताल र धनगढीकै एक निजी अस्पतालमा उपचाररत संक्रमितको मंगलबार राति मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ ।

मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका– ८ बस्ने ५८ वर्षीय पुरुष र गौरी गंगानगरपालिका–१ बस्ने ३५ वर्षीय पुरुष रहेका छन् ।

प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीका अनुसार कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना भएका उनीहरुको उपचारकै क्रममा मृत्यु भएको हो

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *