एकैदिन ५८ जनाको मृत्यु, आठ हजार ६५९ संक्रमित थपिए

 ग्लोवल टि.भी.      बुधबार, बैशाख २२, २०७८      0

काठमाडौँ । नेपालमा कोरोना संक्रमणले थप ५८ जनाको मृत्यु भएको छ ।

यससँगै नेपालमा संक्रमणका कारण ज्यान गुमाउनेको तीन हजार ४७५ पुगेको छ ।

यस्तै थप आठ हजार ६५९ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसारपीसीआर विधिबाट ८६०५ र एन्टिजेन विधिबाट ५४ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये  ३ हजार ८३५ जना काठमाडौँ उपत्यकाका हुन् ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार २० हजार ७५६ जनाको पीसीआर र ६१६ जनाको एण्टिजेन विधिबाट परीक्षण गरिएको हो । यससँगै देशभर सक्रिय संक्रमितको संख्या ६६ हजार ३५२ पुगेको छ ।

 

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *